काठमाडौं । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य ‘बेस्ट टेलिकम एक्स्पर्ट इन नेपाल’ बाट सम्मानित भएका छन् । भारतको जयपुरमा आयोजित फरएभर स्टर इन्डिया अवार्ड सिजन ४ मा आचार्यलाई नेपालको सर्वोत्कृष्ट टेलिकम विज्ञको रुपमा सम्मान गरिएको हो ।
इन्ट्रालाइफ र फरएभर लाइभ्सले आयोजना गरेको उक्त समारोहमा बलिउड नायिका मलाइका अरोरसहितका अन्य सेलिब्रेटीदेखि विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागीता थियो । चार्टर्ड एकाउन्टेन्टसमेत रहेका आचार्यले नेपालको दूरसंचार क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको भन्दै सम्मान गरिएको छ । डिजिटल डिभाइडलाई न्यूनिकरण गर्दै दूरसंचार सेवामा समान पहुँच पुर्याउन आचार्य क्रियाशील छन् ।
२०७१ भदौमा टेलिकमको प्रबन्ध निर्देशक भएका आचार्य चार्टर्ड एकाउन्टेन्ट समेत हुन् । तत्कालीन समयमा थ्रीजीको सेवाको विस्तार तथा टेलिकमका नयाँ सेवा सुरुवातमा उनको महत्वपूर्ण भूमिका थियो ।




