घरमै मृत्त भेटिए जीतपुर सिमराका पूर्व मेयर पौडेल

काठमाडाैँ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमाले नेता कृष्ण पौडेल घरमै मृत फेला परेका छन् । नेता पौडेल आज साँझ जितपुर सिमरा उपमहानगरपालिका २ स्थित घरमै मृत भेटिएका हुन् ‌।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी दधिराम न्यौपानेले पौडेल मृत फेला परेको पुष्टि गरे । घरमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ । उनको मृत्यू कसरी भएको विषयमा अहिले केही नखुलेको र प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको डीएसपी न्यौपानेले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री