विश्वकप छनौट : लाओसको सामना गर्दै नेपाल

काठमाडौँ । नेपालले २०२६ को फिफा विश्वकपको छनौट अन्तर्गत एसियन जोनको पहिलो चरणमा लाओसको सामना गर्दैछ । पहिलो चरणको पहिलो लिगमा नेपालले आज दशरथ रंगशालामा साँझ ५ः३० बजे  लाओससँग खेल्ने भएका हो । लाओसविरुद्धको विश्वकप छनोट खेलका लागि अन्तिम टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले खेलका लागि आफ्नो अन्तिम टोली घोषणा बुधबार गरेका हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिम
गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल ।
डिफेन्डर: सनिश श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट ।
मिडफिल्डरः सुदीप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी ।
फरवार्ड: अञ्जन विष्ट, आयुष घलान, गिलेस्पे जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट ।

लाओससँगको दोस्रो लिग असोज ३० गते हुनेछ । लाओस फिफा वरियतामा नेपालभन्दा पछाडि रहेको छ । लाओस अहिले फिफाको वरियतामा १८६औँ स्थानमा छ भने नेपाल १७५औँ स्थानमा रहेको छ ।

यो खेलको विजेताले एसिया क्षेत्रको छनौटको दोस्रो चरणमा समूह एच’मा स्थान बनाउनेछ । जसमा युएई र बहराइन रहेका छन् भने चौथो देश यमन र श्रीलंकाबीचको विजेता हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कोपा अमेरिकाका लागि अर्जेन्टिनी टोली घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौं । कोपा अमेरिका २०२४ का लागि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले २९ सदस्यीय प्रारम्भिक टोली घोषणा …

प्रतिकृया दिनुहॊस