मुक्तिनाथ विकास बैंकका ग्राहकहरूलाई लिफान नेपालको स्कुटरहरूको खरिदमा विशेष छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरूलाई थप सेवा दिन नागपोखरीमा मुख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता ‘पिनाकल मोटोराड प्रा. लि ’सँग लिफान नेपालको स्कुटरहरूको खरिदमा छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ ।

यस व्यावसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरू र ग्राहकहरूले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका स्कुटरहरूको खरिदमा विशेष क्यास छुट र एक्सचेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस