चिरञ्जीवी र अञ्जुको स्वरमा ‘हरामी’

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । चिरञ्जीवी भण्डारी र अञ्जु पन्तको स्वरमा रहेको गीत ‘हरामी’ सार्वजनिक भएको छ । प्रतिमा गुरुङको शब्द, भीम बिसीको संगीत, उदयराज पौडेलको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

शिव विकले निर्देशन गरेको गीतको भिडियोमा दुर्गेश थापा, दीपेन्द्र सोनाम, गरिमा शर्मा, कविता नेपालीलगायतको अभिनय छ । उत्सव दाहालको छायांकन रहेको गीतको भिडियोमा विष्णु खड्काको सम्पादन छ । गीतको भिडियो चिरञ्जीवीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

चिरञ्जीवी आफैं संगीतकार पनि हुनुहुन्छ । उहाँका यसअघि ‘विस्तारै विस्तारै, बदमाश, मायालु तिमी मेरो, तिमीसँगै हुन, यो मायाले, पैसा फ्यांक तमाशा देख, बच्चाकी आमा, तिमी छौ र त, त्यो दिन सम्झ, गल्ती के भयो’लगायत दर्जनौ गीत श्रोता/दर्शकमाझ आएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस