आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

आजको पञ्चाङ्ग
वि.सं. असोज २३, २०८० । ई.सं. 10 Oct, 2023 । शक संवत् १९४५ । नेपाल संवत् ११४३ ञलगा । पिङ्गल दक्षिणायन शरद । मंगलबार आश्विन कृष्णपक्ष । तिथि एकादशी १५:३३ बजेसम्म, त्यसपछी द्वादशी । नक्षत्र अश्लेषा ०७:२९ बजेसम्म, त्यसपछी मघा । योग साध्य १०:२८ बजेसम्म, त्यसपछी शुभ । करण वालव १५:३३ बजेसम्म, त्यसपछी कौलव ०४:३७ बजेसम्म, त्यसपछी तैतिल । चन्द्रराशि कर्कट । आनन्दादि योग आनन्द । दिनमान ११:३८ । सूर्योदय ६:०१ । सूर्यास्त १७:३९ । इन्दिराएकादशीव्रत/एकादशीश्राद्ध/मघाश्राद्ध, फर्पिङ्गमा हरिशंकरजात्रा । सूर्योदय कालिन ग्रहस्पष्ट तालिका राशि, अंशा, कला र विकलामा ।

राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य सम्पादनमा सहजता मिल्नेछ । रोकिएका काम सम्पादन हुने योग छ । टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनेछ । आत्मविश्वास पनि जाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज जोशजाँगर र उमङ्ग बढ्नेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । विज्ञानको ज्ञानमा वृद्धि हुनेछ । सेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक कार्यबाट सफलता मिल्नेछ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कमको थालनी हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ कार्यको थालनी हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) रमणीय र सुखद् यात्राको योग छ । राज्यबाट मान सम्मान पाइनेछ । दाम्पत्य जीवनमा मधुरता छाउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । परोपकारका क्षेत्रमा लगानीको समय छ । स्वादिष्ट भोजन पनि पाइनेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पार्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज धार्मिक कार्य सफल रहनेछन् । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ठीक समयमा सही निर्णय लिन सकिनेछ । आँटेको र ताकेको कार्य पुरा होला । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट पनि लाभ मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) तर्क, विवाद र प्रतिस्पर्धाबाट पनि लाभ हुने छैन । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ, तर साँझमा आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन् । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री