क्रिकेट विश्वकपमा भारतको विजयी सुरुवात

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । जारी आइसीसी क्रिकेट विश्वकपमा भारतले विजयी सुरुवात गरेको छ । क्रिकेट विश्वकपको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै विश्वकपमा विजयी सुरुवात गरेको हो ।

अस्ट्रेलियाले दिएको २०० रनको लक्ष्य पछाएको भारतले ४२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

भारतले कुनै रन नबनाएर आफ्ना प्रमुख तीन खेलाडी गुमाएपछि विराट कोहली र केएल राहुलले सम्हालिएर खेल्दै भारतलाई जिताएका हुन् । कोहली र राहुलबीच चौथो विकेटको लागि १६५ रनको साझेदारी भएको थियो । विराट कोहलीले ८५ रन बनाए भने केएल राहुलले अविजित ९७ रन बनाएका थिए । त्यस्तै हार्दिक पाण्डेयले अविजित ११ रन बनाएका थिए । यसअघि भारतका इशान किसन, कप्तान रोहित शर्मा र श्रेयस अय्यर कुनै रन बनाएर आउट भएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अल आउट हुँदै १९९ रन मात्र बनाएको थियो ।

योजितसँगै भारतले महत्त्वपूर्ण २ अंक हासिल गरेको छ । अब विश्वकपमा भारतले अर्को खेल अक्टोबर ११ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । त्यस्तै अस्ट्रेलियाले अक्टोबर १२ मा दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल ओमानसँग १ विकेटले पराजित

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको क्यानडा भ्रमणमा नेपालले दोस्रो हार ब्यहोरेको छ । …

प्रतिकृया दिनुहॊस