खुल्ला प्रतिस्पर्धाबाट सिइओ नियुक्ति गर्दै नेपाल बैंक, कति चाहिन्छ योग्यता ? (सूचनासहित)

काठमाडौं । नेपाल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ) माग गरेको छ । खुला प्रतिस्पर्धामार्फत सिइओ नियुक्ति गर्ने लागेको बैंकले सार्वजनिक सूचना जारी गर्दै सिइओ माग गरेको हो ।

कृष्ण बहादुर अधिकारीको कार्यकाल सकिएपछि बैंकले आइतबार एक सूचना प्रकाशन गरी २१ दिनभित्र योग्यता र अनुभव प्राप्त गरेका इच्छुक योग्य व्यक्तिलाई आवेदन पेश गर्न आग्रह गरेको छ । बैंकको सिइओ पदका लागि आवेदन दिने व्यक्तिको योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ ।

उम्मेदवारको शैक्षिक योग्यता तथा कार्य अनुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारहरूलाई सर्ट लिष्टिङ्ग गरी अन्तरवार्ताका लागि छनौट गरिनेछ । छनौट भएका उम्मेदवारहरूमध्ये शैक्षिक योग्यता तथा कार्य अनुभव, व्यावसायिक कार्य योजनाको मूल्याङ्कन प्रस्तुतीकरण तथा अन्तरवार्ताको आधारमा उच्चतम अंक प्राप्त गर्ने ३ जनालाई सीईओका लागि सिफारिस गरिनेछ ।

हाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सिइओ)को जिम्मेवारी समता पन्तलाई दिइएको छ । पन्तसँग बैंकिङ क्षेत्रको १९ वर्ष लामो अनुभव छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनएमबिका दुई म्युचअल फन्डको लाभांश घोषणा

काठमाडौँ । एनएमबि बैंकले प्रवर्द्धन गरेका दुई वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । …

प्रतिकृया दिनुहॊस