ग्लोबल आईएमई लघुवित्तको वित्तीय विवरण सार्वजनिक, नाफा ४८ लाखले बढ्यो

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासमा नै ७६ लाख १९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

लघुवित्तले अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा नाफामा १७९ प्रतिशत वृद्धि गरी ७६ लाख १९ हजार पुर्याएको छ जुन प्रतिशेयर (वार्षिक) ३१.७९ रुपैंया हो ।

लघुवित्तले आफ्नो निष्क्रिय कर्जा अनुपातलाई पनि १.६३ प्रतिशतबाट घटाएर ०.५१ प्रतिशतमा झारेको छ । ९ करोड ६० लाख चुक्ता पुँजी भएको ग्लोबल आईएमई लघुवित्त राष्ट्रिय स्तरको लघुवित्त कम्पनी हो ।

देशभरका ४५ जिल्ला कार्यक्षेत्र रहेको उक्त कम्पनीले तात्कालिन रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएकोमा आईएमई समूहको व्यवस्थापनमा आएपछि नाम परिवर्तन भई ग्लोबल आईएमई लघुवित्तको नामबाट कारोबार गर्दै आएको छ ।

नयाँ व्यवस्थापनसँगै लघुवित्तको कार्यसम्पादनमा उल्लेख्य सुधार देखिएको हो ।

कम्पनीले गत त्रैमाससम्म १ अर्ब ३० करोड रुपैंया बराबरको कर्जा प्रवाह गर्दा खुद ब्याज आम्दानी २ करोड १९ लाख पुर्याएको छ जुन अघिल्लो बर्षको सोही त्रैमासको आधारमा करिब दोब्बर हो ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस