काठमाडौं । नेको इन्सुरेन्सको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा बस्दैछ । विशेष साधारण सभा लिसारा रिसेप्सन, नक्साल काठमाडौंमा सुरु हुँदैछ ।
कम्पनीले हाल कायम चुक्ता पुँजीमा २५५ हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरका लागि नियामक बिमा प्राधिकरणले अनुमति दिइसकेको छ । विशेष सभाबाट प्रस्ताव पारित भएपछि हकप्रद सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्छ ।
बोर्डले अनुमति दिएपछि मात्र हकप्रद सेयर जारी हुन्छ । सभा प्रयोजनका लागि यसले असोज १० गते बुक क्लोज गरिसकेको छ । यसआधारमा असोज ९ गतेसम्म कायम रहेका सेयरधनीले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।
प्रतिकृया दिनुहॊस