241g0uyn312022-01-22-09-08-38-1/जीवन बिमा कम्पनीले दुई महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क

जीवन बिमा कम्पनीले दुई महिनामै आर्जन गरे २९ अर्ब बढी बिमा शुल्क

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौँ । जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् ।

नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् ।

जसमध्ये ४ अर्ब ३३ करोड ६७ लाख १९ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार नवीकरण बिमा शुल्क रहेको छ । कुल बिमा शुक्लमध्ये २ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा १३ लाख ४५ हजार रुपैयाँ मात्र रहेको छ । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

त्यसपछि, राष्ट्रिय बिमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यस्तै, एलआइसी नेपालले पनि ३ अर्ब माथि बिमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ८ लाख १५ हजार ३३६ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले ६५१ वटा बिमा लेख जारी गरेका छन् । सबैभन्दा धेरै मेट लाइफ इन्सुरेन्सले ५ लाख ३२ हजार ३८१ वटा बिमा लेख जारी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस