नेशनल सोलारले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल

काठमाडौँ । नेशनल सोलार पावर कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय अंकित दरका ७ लाख २४ हजार कित्ताभन्दा बढी साधारण सेयर सर्वसाधारणमा निष्काशन गर्ने योजना बनाएको हो ।

उक्त आईपीओ निष्काशन गर्नको लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ । एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गतको संस्थागत परामर्श सेवा दिने भएको छ । जसको लागि दुई संस्थाबीच सम्झौता भएको छ ।

एनआईसी एशिया क्यापिटलले ‘आइडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

नेशनल सोलार पावर कम्पनी सौर्य उर्जा मार्फत उर्जा क्षेत्रमा क्रान्ती ल्याउने मुख्य उद्देश्यका साथ स्थापना भएको कम्पनी हो । हाल उक्त कम्पनीले नवलपरासी जिल्लाको प्रतापुरमा ५ मेगावाटको सोलार आयोजना सम्पन्न गरी विगत एक वर्षदेखि सञ्चालन गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस