सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]

काठमाडौं । सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको आईपीओमा आवेदन दिन म्याद थप भएको छ। यस कम्पनीले पहिलो चरणको निर्धारित समयमा आईपीओमा मागभन्दा कम आवेदन परेकाले समय थप गरेको हो।

अब यस कम्पनीको आईपीओमा असोज २८ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ। तथापि, उक्त समय अगावै मागभन्दा बढी आवेदन परेको खण्डमा जुनसुकै दिन सूचना जारी गरेर आईपीओको बिक्री बन्द गर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ।

सीडीएसका अनुसार यस कम्पनीको आईपीओमा मंगलबार (असोज १६ गते) साँझ ५ः०७ बजेसम्ममा ७ लाख ३२ हजार ९५३ जनाले ८५ लाख ६६ हजार ८४० कित्ताका लागि आवेदन परेको छ। यो मागभन्दा धेरै कम हो। कम्पनीले असोज १४ गतेदेखि १००अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधरणका लागि बिक्रीमा ल्याएको हो।

यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ। सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत पनि आवेदन दिन सकिनेछ।

क्रेडिट रेटिङ संस्था इन्फोमेरिक्स नेपालले यस आइपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जानाउने ‘आइआरएन ट्रिपल बी माइनस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । इन्फोमेरिक्स नेपालले २०७९ मंसिर १५ गते यो रेटिङ दिएको हो। यो रेटिङ २०८० मंसिर १४ गतेसम्म बाहल रहनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री