nic-1/एभरेष्ट र एनआइसी एसिया बैंकको बोनसमा मूल्य समायोजन

एभरेष्ट र एनआइसी एसिया बैंकको बोनसमा मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट र एनआइसी एसिया बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ। एभरेष्ट बैंकको १०% बोनस सेयरमा मूल्य समायोजन भएको हो।

सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँलाई आधार मानेर भाउँ समायोजन गरिएको नेप्सेले जनाएको छ । समायोजन पश्चात यसको मूल्य ५१४ रुपैयाँ ५५ पैसा कायम भएको छ।

एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ। बैंकले १०% बोनस सेयर र १०.५३% नगद गरी कुल २०.५३% लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ । साधारण सभा, लैनचौर ब्यांकेट, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस