काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सात दलको बैठक बोलाएका छन् । आइतबार बिहान ११ बजेपछि बालुवाटारमा बस्ने गरी सात दलको बैठक बोलाइएको हो ।
बैठकमा राष्ट्रिय मान्यताप्राप्त दलहरू सहभागी हुने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाएका छन् ।
सात दलको बैठकमा सदन सञ्चालन, सुन तस्करीको छानबिन लगायतमा छलफल हुने बुझिएको छ । सुन तस्करीको छानबिन गर्नका लागि आयोग बनाउने सहमति भएको तर त्यसको कार्यान्वयन नभएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।
तपाईंको प्रतिकृया




