नेपाल वेयरहाउजिड्ग कम्पनीलाई धितोपत्र निष्कासन गर्न स्वीकृति प्राप्त

काठमाडौँ । नेपाल वेयरहाउजिड्ग कम्पनी लिमिटेडले हिमालयन क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक्त्वमा सर्वसाधारणका लागि १३ लाख ६ हजार कित्ता साधारण शेयर स्वीकृति प्राप्त गरेको छ । अङ्कित मूल्य रु १०० का दरमा प्रारम्भिक सार्वजनिक लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो ।

पहिलो चरणमा कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासनको १० प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूलाई छुट्टयाई बाकी रहेको सर्वसाधारणहरूको लागि निष्कासन गर्नेछ ।

कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिक टन क्षमताको साइलो सहितको वेयरहाउस निर्माण सम्पन्न गरी संचालनमा ल्याएको र कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भईरहेको र सो समेत पौष महिना सम्ममा संचालनमा आउने कम्पनीले बताएको छ ।

खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरूले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु नै कम्पनी संस्थापन गर्नुको मुख्य उद्देश्य रहेको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कलर सेक्टरको पहिलो पटक आइपिओ जारी गर्दै एभरेष्ट कलर

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले मंसिर १ गते साधारणसभा बोलाएको छ। कम्पनीको कार्तिक ६ गते …

प्रतिकृया दिनुहॊस