धार्मिक दृष्टिले तुलसीलाई भगवान विष्णुको स्वरुपका रुपमा लिइन्छ । हिन्दुधर्म अनुसार घरघरमा ‘तुलसीको मठ’ बनाएर तुलसी रोप्ने र पूजा गर्ने चलन छ । तुलसी पाँच प्रकारका हुन्छन् । यद्यपि, श्याम र श्वेत नामक तुलसी प्रायः सबैतीर पाइन्छ ।
यी दुई तुलसी स्वास्थ्यका दृष्टिले एकदमै फाइदाजनक मानिन्छ । घरमा तुलसी रोप्दा र यसको पुजा गर्दा सुख, समृद्धि प्राप्त हुने हाम्रो मान्यता रहिआएको छ । तुलसीका अनेकौं फाइदा छन् जसलाई यहाँ प्रस्तुत गरिन्छ ।
तुलसीको सेवन गर्दाका फाईदा
- वायुमण्डलमा बहने दूषित हावालाई तुलसीले शुद्ध पार्छ ।
- रुघाखोकी, निमोनिया, ब्रोङ्क्राइटिस, घाँटीको समस्या र श्वास–प्रश्वास समस्यालाई न्युनीकरण गर्न सघाउँछ ।
- तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा प्रयोग गर्न सकिन्छ ।
- यसको सेवनले तनाव, चिन्ता वा मानसिक समस्या हटाउन मद्दत गर्छ भने मस्तिष्कमा उर्जा प्रदान गर्दछ, शारीरिक स्फुर्ती र उर्जावान बनाउन सहयोग गर्दछ ।
- तुलसीको पातको लेदो बनाई घाउ, सुन्निएको तथा दुखेको ठाउँमा लेपको रूपमा प्रयोग गर्न सकिन्छ ।
- तुलसीको सेवनले तनाव, चिन्ता वा मानसिक समस्या हटाउन मद्दत गर्छ भने मस्तिष्कमा उर्जा प्रदान गर्दछ, शारीरिक स्फुर्ती र उर्जावान बनाउन सहयोग गर्दछ ।
- डिप्रेसन र एन्जाइटी कम गर्न मद्दत गर्दछ ।
- तुलसीलाई तातो पानीमा मिसाएर खाँदा टाउको दुखेको, चिसोको कारण नाक बन्द भएको, पिनास र श्वासनली बन्द हुने समस्याबाट छुटकारा मिल्छ ।
- तुलसीको रस प्रयोग गरी वान्ता रोक्न मद्दत गर्दछ ।
- टाउको दुखेको बेला निधारमा तुलसीको रस लगाएर मालिस गर्दा दुखाई कम हुन्छ ।
- तुलसीको प्रयोगले मुख गनाउने समस्याबाट छुट्कारा पाउन सकिन्छ ।
- तुलसीको रस दाँत दुखेको ठाँउमा लगाउँदा दुखाई कम हुन्छ ।
- प्रत्येक दिन खाना वा खाजा खाएपछि मुखमा तुलसीको पात राखेर चुस्ने गर्दा स्वास वा मुख गनाउने समस्याबाट मुक्ति मिल्छ ।
- तुलसीको पात चपाएर खाँदा पेटमा रहेका अनावश्यक किटाणुहरु मर्छन ।
- यदि बच्चाहरुको पेट खराब हुन्छ भने तुलसीको पात पकाएर तातापानीकोे रुपमा सेवन गर्दा यसबाट छुटकारा पाउन सकिन्छ ।
- घ्यारघ्यार हुने र खोकी लाग्ने समस्या छ भने तुलसीको पातको रस मनतातो पानीमा मिसाई खान दिएमा समस्याबाट छुटकारा पाउन सकिन्छ ।
- तुलसीको सुकेको पात पिसेर अनुहारमा लगाउनाले अनुहारको चमकता बढ्छ ।
- नियमित तुलसी सेवनले छाला, पाचन र रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्दछ ।
- तौल घटाउन तुलसीको पानी प्रयोग गर्न सकिन्छ ।
- तुलसीको सेवनले रक्तचापको समस्या सन्तुलन गर्छ ।
- यसको प्रयोगले कानको दुखाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ ।
- तुलसीको प्रयोगले दिमागको कार्यक्षमता बढाउन सहयोग गर्दछ ।
- यसको प्रयोगले मधुमेह तथा पिसाब सम्बन्धी रोगमा समेत नियन्त्रण गर्छ ।
- तुलसीको प्रयोगले निन्द्रा नलाग्ने जस्ता समस्याको समाधान गर्न सकिन्छ ।
- यसमा पाइने भिटामिन “ए“ ले आँखाको पावर बढाउँछ ।
- तुलसीको रस प्रयोग गर्दा वान्ता रोक्न मद्दत गर्दछ ।
- टाउको दुखेको बेला निधारमा तुलसीको रस लगाएर मालिस गर्दा दुखाई कम हुन्छ ।
- तुलसीको प्रयोगले मुख गनाउने समस्याबाट छुट्कारा मिल्छ ।
तपाईंको प्रतिकृया




