सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौँ । सिटिजन्स बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बोन्ड) जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ । प्रतिइकाई एक हजार रुपैयाँ दरका ३० लाख इकाई ऋणपत्र जारी गर्न बोर्डले बैंकलाई अनुमति दिएको हो ।

कूल ऋणपत्र मध्ये १२ लाख इकाई सर्वसाधारणमा बिक्री गरिने बैंकले जनाएको छ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै कर्मचारीका लागि सुरक्षित गरेको छ ।

१० वर्षका लागि जारी ऋणपत्रमा १० प्रतिशत ब्याजदर प्रदान गरिने बैंकले जनाएको छ । कम्पनीको ऋणपत्र बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंकको २० औँ साधारणसभा

कठमाडौं । सानिमा बैंकले मंगलबार २०औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकका अध्यक्ष तुकप्रसाद …

प्रतिकृया दिनुहॊस