ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

हाथवे इन्भेष्टमेन्टको आइपिओ बाँडफाँट

काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपालको आइपिओ आज (मंगलबार) बाँडफाँट भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथामार्फत १ लाख २१ हजार ३८७ जनाले २० कित्ताका दरले सेयर पाएका हुन्।

बाँडफाँटपछि बाँकी रहेको १० कित्ता सेयर भने २० कित्ताभन्दा बढी आवेदन दिएकामध्ये १० जनालाई १ कित्ताका दरले थप गरिएको छ।

यस अनुसार १० जनाले २१ कित्ता र १ लाख २१ हजार ३७७ जनाले १० कित्ताका दरले सेयर पाएका हुन्।

उक्त आइपिओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएकोमा १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी गराएको छ।

योग्य १२ लाख ६७ हजार हजार ७०९ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो। कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म उक्त आइपिओ बिक्री गरेको थियो।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता सेयर निष्कासन गरिसकेको छ।

त्यसैगरी, कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि कम्पनीले निष्कासन गरेको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन्।

साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न …

प्रतिकृया दिनुहॊस