काठमाडौं । काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नरहेको प्रष्टाएको छ । महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो ।
आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख गरेकी छन् ।
हेर्नुस् सूचनाः

तपाईंको प्रतिकृया



