चिकित्सक कुटेको विरोधमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ ।

मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालका दुई चिकित्सकमाथि गरिएको आक्रमणको विरोधमा संघले आज आकस्मिक बाहेकका सेवा बन्द गर्ने भएको हो । यही भदौ २७ गते डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरिएको संघले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ ।

घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन सोही दिन संघले ७२ घण्टाको ‘अल्टिमेटम’ दिएको थियो । दोषीमाथि अझै कारबाही नगरिएको भन्दै संघले सेवा बन्दको कार्यक्रम सार्वजनिक गरेको हो । देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गर्नुपर्नेलगायत माग पनि संघले गरेको छ ।

1 8
2 8

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री