काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। शुक्रबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ र तथा डिजेल र मट्टितेलमा लिटरको ३ रुपैयाँ मूल्य बढाएको निगमले जनाएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्यवृद्धि गरिएको निगमले बताएको छ।
अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ । सरकारले यसअघि पनि मूल्य बढाएको थियो।
तपाईंको प्रतिकृया




