आर्यघाटतर्फ लगियो नेम्वाङको पार्थिव शरीर

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आर्यघाटतर्फ लगिएको छ । उनको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो ।

उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । पार्थिव शरीरलाई महाराजगञ्ज-नारायणगोपाल चोक-धुम्वाराही-चावहिल-गौशाला हुँदै पशुपति आर्यघाट लगिने भएको हो ।

नेम्वाङको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने निर्णयसहित सरकारले सार्वजनिक बिदा दिएको छ । नेता नेम्वाङको मंगलबार बिहान १ः५० मिनेटमा निधन भएको थियो ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस