काठमाडौं । युवराज छन्त्याल युवराज, सरिता र जया छन्त्याल पुनको स्वरमा रहेको गीत ‘छन्त्याल परे म त’ सार्वजनिक भएको छ । युवराजकै शब्द/संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
सिवन पोखरेलको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा अमृत, कोपिला, मनोहर, कृष्ण, गँगा, जमुना, लिनिसा र सृजना छन्त्यालको अभिनय छ । अधिनायक मान सेरचनको सम्पादन रहेको भिडियोलाई महेश महराले खिच्नुभएको हो ।
तपाईंको प्रतिकृया



