डेल्टा अटोकर्पले नेपालमा ल्यायो नयाँ अप्रिलिया एसआर १६०

काठमाडौँ । नेपाल डेल्टा अटोकर्प प्रा.लिले इटालियन पियाजियो गु्रपको १०० प्रतिशत भारतीय सहायक कम्पनी र आइकोनिक भेस्पा र स्पोर्टी अप्रिलिया रेन्जको स्कूटर निर्माताले नेपालका लागि नयाँ अप्रिलिया एसआर १६० ल्याएको छ ।

नयाँ अप्रिलिया एसआर १६० प्राविधिकरुपमा अत्याधुनिक i –nvt इन्जिनले सुसज्जित छ, जसले सवारी चालकहरूलाई उनीहरूको दैनिक सिग्नल–टू–सिग्नलको दौड जित्नको लागि एक्सेलेरेसनमा महत्त्वपूर्ण फाइदा दिन तयार गरिएको छ ।

आधुनिक सहरी चालकहरूको माग पूरा गर्न डिजाइन गरिएको अप्रिलिया एसआर १६०, यसको उच्च प्रदर्शन र आकर्षक स्पोर्टी लुकका लागि परिचित छ र यो राइडरहरूको रोजाइमा पर्ने स्कुटर हो ।

अप्रिलिया एसआर १६० मा शक्तिशाली १६० xx इन्जिन छ र यो मात्र ७.५ सेकेन्ड भित्रै ० देखि ६० किलोमिटर प्रतिघण्टा सहजै जाने कम्पनीको दाबी छ ।

यो स्कूटर सहरी सडकहरुमा चलाउन सजिलो छ, विशेष गरी ट्राफिकमा यसले ज्यादै उपयोगी फाइदा दिन्छ ।

यो पूर्ण डिजिटल डिस्प्ले, आधुनिक एबीएस, टेलिस्कोपिक फ्रन्ट फोर्क, सुरक्षित र रोमाञ्चक सवारी अनुभव सुनिश्चित गर्ने अन्य सुविधाहरूले पनि सुसज्जित छ । यसको स्पोर्टी डिजाइन र उत्कृष्ट ह्यान्डलिंगले गर्दा यो शहरी चालकहरू र युवा चालकहरूका लागि एक उचित विकल्प बन्ने दाबी कम्पनीको छ ।

श्री डिएगो ग्राफ्फी, अध्यक्ष र प्रबन्ध निर्देशक, पियाजियो भेहिकल प्रा.लि.ले नेपालको दुई पाङ्ग्रे सवारीको क्षेत्रमा थपिएको यो महत्वपूर्ण सवारीको बारेमा भने, “अप्रिलिया पियाजियो ग्रुपको प्रमुख ब्रान्ड हो र अप्रिलिया एसआरको रोमाञ्चक गति र उच्च गतिशिलताका कारण यो सडकमा रहेका अन्य सबै स्कुटरहरू भन्दा एक स्थान माथि छ ।

पियाजियोमा, हामी विश्वभरका ग्राहकहरूलाई नवीनतम र उच्च गुणस्तरको गतिशीलता समाधानहरू प्रदान गर्न प्रतिबद्ध छौं र हामी विश्वस्त छौं कि अप्रिलिया एसआर १६० ले आफ्नो प्रदर्शन, शैली र आधुनिक सुविधाहरूको मिश्रणले नेपाली राइडरहरूको मन जित्न सफल हुनेछ ।”

पियाजियो भेहिकल प्रा.लि.एक्स्पोर्ट्सका उपाध्यक्ष धिरज त्रिपाठीले भने, “हामी अप्रिलिया एसआर १६० लाई नेपाली बजारमा प्रस्तुत गर्न पाउँदा ज्यादै उत्साहित छौं । यस स्कुटरले आफ्नो अद्भूत प्रदर्शन र पृथक डिजाइनको कारणले विश्वव्यापीरूपमा प्रशांसा कमाउन सफल भएको छ ।

नेपालको विविध भूभागले गर्दा, नेपाल हाम्रो उत्पादनको लागि रोमाञ्चक बजार होर हामी विश्वास गर्छौं कि अप्रिलिया एसआर १६० लाई नेपाली राइडरहरूले आफ्नो आकांक्षा अनुरुप नै पाउनु हुनेछ ।

श्री पुलकित भिमसरिया ,अध्यक्ष, डेल्टा अटोकर्प प्रा.लि ले यो नया प्रोडक्ट लन्चिङ्गका बारेमा भने, आफ्नो उत्साह ब्यत्त गर्दै भने “ हामी नेपालका उत्साहि राइडरहरुका लागि अप्रिलिया एसआर १६० ल्याउन पाउँदा खुशी छौं ।

यो स्कुटरले ईटालियन फ्लेयर र उत्कृष्ट इन्जिनियरिङको उदाहरण दिन्छ । हामी बिश्व्स्त छौं कि नयाँं अप्रिलिया एसआर १६० नेपालको स्कुटर बजारमा स्टाइल,पर्फरमेन्स र एडभान्स सुबिधाहरुको प्रतिक बन्नेछ ।

श्री बिजय कुमार महतो ,निर्देशक र सिइओ,डेल्टा अटोकर्प प्रा.लि “हामी नेपाली बजारमा रोमांचिक अप्रिलिया एसआर १६० प्रस्तुत गर्न पांउदा खुशि छौं ।

यस स्कुटरले अरुभन्दा भिन्देै प्रदर्शन र प्रतिष्ठत डिजाइनका लागि बिश्वब्यापि रुपमा प्रशंसकहरुको संख्या कमाएको छ ।

यस उत्पादनले नेपालका बिबिध भुभागहरुलाई समेट्ने छ र हामी बिश्वास गर्छौ कि अप्रिलिया एसआर १६० ले नेपाली राइडरहरुका आकांक्षालाई राम्रो संग प्रतिनिधित्व गर्नेछ ।

पियाजियो भेहिकल प्रा.लि.ले नेपाली ग्राहकहरू समक्ष स्कुटरलाई सहजै पु¥याउन र बिक्रीपछिको बृहत्सेवा सञ्जाल प्रदान गर्न नेपालका लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक र आयातकर्ता डेल्टा अटोकर्प प्रा.लि मार्फत अप्रिलिया एसआर १६० को बिक्री गर्नेछ ।

अप्रिलिया एसआर १६० भारतबाट सीधैआयात गरिनेछ र यो कालो, रातो, सेतो, निलो र खरानी रंगहरूमा उपलब्ध हुनेछ । २०८० भाद्र २६ मा NADA अटो शोमा यसको अनावरण गरिएको छ र सोही मितिदेखि सर्वसाधारणका निमित्त बिक्रीको लागि उपलब्ध हुनेछ । यसको मूल्य रु ३,९५,९००.०० बाट सुरु हुनेछ ।

अप्रिलियाको बारेमा अप्रिलिया एक मोटरसाइकल ब्रान्ड हो, जुन उत्कृष्ट मोटरसाइकल बनाउनका लागि परिचित छ । ईन्जिनियरिङ उत्कृष्टताको खोजमा कम्पनीले आफ्ना प्रशंसकहरूलाई उत्कृष्ट परिणामहरू प्रदान गरेको छ ।

हालैका वर्षहरूमा अप्रिलियाले स्कूटर र मोटरसाइकल वर्गमा पियाग्जियो समूहको प्राविधिक साइनपोष्ट बन्ने गरी आफ्नो उत्पादन दायरालाई पूर्ण रूपमा परिमार्जन गरेको छ ।

रोड रेसिङ विश्व च्याम्पियनसिपमा २९४ ग्राण्ड प्रिक्स दौड जितेर अप्रिलियाले मोटरसाइकल प्रतियोगिताको इतिहासमा कुनै पनि युरोपेली निर्माताको अत्यधिक जितको कीर्तिमान राख्न सफल भयो । जसमा ५५ प्रभावशाली विश्व उपाधिहरू समावेश छन्, जुन यस प्रकार छन्– रोड रेसिङ विश्व च्याम्पियनसिपमा ३९ वटा, सुपरबाइकमा ७ वटा र अफ–रोड डिसिप्लीन्स ९ वटा!

एख्एी को बारेमाः
सन् १८८४ मा स्थापित, पियाजियोसमूह युरोपको सबैभन्दा ठूलो स्कूटर र मोटरसाइकल निर्माता हो ।

उद्योगमै विश्वका अग्रणीहरू मध्ये एक मानिन्छ । पियाजियो भेहिकल प्रा.लि (एख्एी) ले आफ्नो कमर्सियल गाडी र २ पाङ्ग्रे सवारी साधनको वर्गमा लिगको नेतृत्व गरिरहेको छ । देशमा थ्री–व्हीलर कार्गो क्षेत्रमा क्रान्ति गर्दै, पियाजियोले आज सेवाको धेरै क्षेत्रमा विश्वव्यापी मापदण्ड स्थापित गर्दैछ ।

यो सँग भेस्पा र अप्रिलिया जस्ता प्रमुख २ पाङ्ग्रे ब्रान्डहरू पनि छन्, जुन २ पाङ्ग्रे सवारी उद्योगमा प्रीमियम स्कुटर हो । एख्एी को वृहत् उत्पादन इकाई बारामती महाराष्ट्रमा अव्यस्थित छ ।
भारतको लागि व्यावसायिक सवारी साधन उत्पादन, २–पाङ्ग्रे सवारी साधन उत्पादन र अन्तर्राष्ट्रिय बजार चयन गर्न काम गरिरहेको छ ।

PVPL इटालीको व्यावसायिक सवारी साधन र २ पाङ्ग्रे सवारी साधनका आविष्कारक हो । यसको उत्कृष्ट र प्रिमियम उत्पादनहरूले उपभोक्ताहरू र बढ्दो ग्राहक आधारलाई फाइदा पु¥याउँछ ।

PVPL को भावी लक्ष्य र उद्देश्य एक अद्वितीय, उच्च–प्रभाव, द्रुत–प्रतिक्रिया, नवीन र विकास–उन्मुख कम्पनीको रूपमा आफूलाई चिनाउनु हो, जुन यसको उत्कृष्टताको अतुलनीय स्तरको लागि जानिन्छ ।

यसका साथै, PVPL घरेलु र विदेशी बजारहरूमा ग्राहकहरूको कुल सन्तुष्टिको लागि उच्च– गुणस्तरका उत्पादनहरूको वृहत उत्पादन र बजार गर्ने विश्व–स्तरीय कम्पनीकोरुपमा स्थापित हुन चाहन्छ ।

बेजोड ग्राहक सेवा, अत्याधुनिक उत्पादनहरू र सम्मानित हुने बहुविधा पुरस्कारहरूका साथ pVPL ले प्रेरणादायी साबित हुँदैर भारतभरि लाखौंलाई जीवनको गुणस्तर सुधार गर्दै आफ्नो यात्रा जारी राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १३,७९,३५० कित्ता साधारण …

प्रतिकृया दिनुहॊस