काठमाडौं । सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनका विश्वासपात्र भीमकान्त भण्डारीसँग सोधपुछ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।
बिध ल्याबका सञ्चालकसमेत रहेका भण्डारी माओवादीका पूर्व मन्त्री पुनका विश्वास पात्र मानिन्छन् । कोरोना कालमा अस्वभाविक सम्पत्ति आर्जन गरेको देखे पछि अख्तियार र सम्पत्ति शुद्धीकरण मुद्दा समेत खेपिरहेका भण्डारीको हालै भईरहेको सुन तस्करी प्रकरणमा पनि संलग्नता पुष्टि हुने आधार देखा परे पछि सिआइबीले उनलाई कार्यालयमा बोलाएर सोधपुछ गरेको हो ।
नायब सुब्बा मात्रै रहेका भण्डारीले माओवादीका अर्थ मन्त्री पुनसहित पूर्व मन्त्री कृष्णबहादुर महरा, सामान्य प्रशासनमन्त्री हितराज पाण्डे र समाज कल्याणमन्त्री आशा कोइरालाको सचिवालयमा कार्य गरेका थिए ।
सरकारी कर्मचारी भए पनि माओवादीका प्रभावशाली मन्त्रीको सचिवालयमा कार्य गरेको भण्डारीले छोटो समयमा नै अस्वभाविक आम्दानी गरे पछि हाल उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । उनको सम्पत्ति राेक्का गरी मुद्दा चलाइरहेको बेला हालै भएको ६० केजी सुन तस्करी प्रकरणमा अस्वभाविक संलग्नता देखा परेपछि प्रहरीले हिजो बोलाएर सोधपुछ गरेको हो । बयान नसकिए पछि सोमबार पनि थप बयान हुने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस