हाथवे इन्भेष्टमेन्टको आइपीओ आजबाट बिक्री खुला

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालले आज सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०५ अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ आज भदौ २१ गतेदेखि जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो। जसमध्ये २५ अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ।

त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ। बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ। उक्त समयमा सबै सेयर बिक्री नभएमा भने असोज ४ गतेसम्म पनि आवेदन खुला रहनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री