वात्सल्य क्लिनिक ७औं वर्षमा प्रवेश, ३ हजार भन्दा धेरै नि:सन्तान दम्पतीलाई सफलता प्रदान

काठमाडाैं । नि:सन्तान दम्पतीलाई सेवा प्रदान गर्दै आएको वात्सल्य आईभीएफ सातौं वर्ष प्रवेश गरेको छ। बुधबार सो संस्थाले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ७औं वार्षिकोत्सव मनाएको हो।

नेपालमा आधुनिक आईभीएफको जग बसाल्न अग्रणी भूमिका खेल्दै आएको वात्सल्य आईभीएफले ३ हजार भन्दा अधिक दम्पतीलाई आईभी एफ विधि मार्फत् सन्तान प्राप्तिको खुशी दिइरहेको संस्थाले जनाएको छ।

संस्थाका अनुसार हरेक महिना करिब ६० देखि ७० प्रतिशत सम्मको आईभीएफ सफलता दर निरन्तर हासिल गर्दै आएको सो क्लिनिकमा अहिलेसम्म ७ हजार भन्दा अधिक दम्पतीले सन्तान लाभ (३००० आईभीएफ, १८०० आईयूआई, २२०० नेचुरल प्रेग्नेन्सी) गरिसकेको  विज्ञप्तिमा उल्लेख छ।

‘निःसन्तान दम्पतीको यात्रा मानसिक, आर्थिक, मनोवैज्ञानिक,सामाजिक जस्ता विभिन्न तनावले भरिएको हुन्छ, त्यसैले उपचारको अवधिमा आधुनिक पद्दतिसँगै पारिवारिक वातावरण र सहजता जस्ता विशिष्ट अनुभव प्रदान गर्दा उच्च सफलता हासिल भएको यहाँका विज्ञहरुको अनुभव छ’ संस्थाले भनेको छ, ‘क्लिनिक भित्रको सकारात्मक उर्जाले नै सफलता पाउँछु भन्ने विश्वास जाग्छ भन्ने अनुभव कैयौं सेवाग्राहीहरु व्यक्त गर्नुहुन्छ त्यसैले यहाँ नेपाल बाहेक पाकिस्तान, अमेरिका, जापान, अष्ट्रेलिया जस्ता अन्य मुलुकबाट पनि सेवाग्राहीहरु आउने गरेका छन् र सफलता प्राप्त गरेका छन्।’

आधुनिक उपचारसँग सम्बन्धित मिथ्या कुराहरुबारे जनचेतना जगाउने र उच्च आई। भी। एफ। सफलता दर प्रदान गर्ने भएका कारण नै यसले छोटो समयमा ठूलो फड्का मार्दै आफ्नो सेवा नक्साल बाट भक्तपुर र नेपालगंजमा पनि विस्तार गरेको छ। आगामी केहि दिनहरुमै आफ्नो शाखाहरु अन्य प्रमुख शहरहरुमा पनि विस्तार गर्ने योजना रहेको यहाँका कार्यकारी प्रमुख, प्रशान्त सुवेदीले बताएका छन्।

निःसन्तान सम्बन्धी सम्पूर्ण सेवाहरु (आईभीएफ, आईयूआई, ओवेरियन इन्डक्सन, आदि), प्रसुतीपूर्वको जाँच, फेर्टिलिटी फ्रिजिङ्ग जस्ता विभिन्न सेवाका लागि ०१-५९७०६११ मा बिहान ८ बजे देखि राति ८ बजे सम्म सम्पर्क गर्न सकिनेछ वा संस्थाको वेबसाइटमा भिजिट गर्न सकिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री