श्रीलंकामा आफ्नो देशका खेलाडीलाई हौसला दिँदै नेपाली दर्शक (तस्बिरहरू)

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा नेपाल र भारतबीच खेल चलिरहेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा आफ्नो देशका खेलाडीलाई हौसला दिन नेपाली दर्शकहरू पनि ठूलो संख्यामा उपस्थिति छन् ।

संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नीसहित, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतका समर्थकहरू खेल हेर्न श्रृलंका नै पुगेका छन् ।

एसियन क्रिकेट काउन्सिलले नेपाली दर्शकका केही तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुलसन झाका रुपमा छैटौँ विकेट गुमाएको हो ।

1 22 23 24 25 26 18 19 1
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री