भगवती हाइड्रोपावरको आइपिओ बाँडफाँट

ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपिओ आज सोमबार (भदौ १८ गते) बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको आफ्नै कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा बिहान ९:३० बजे आइपिओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत् ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

कम्पनीको आइपिओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका  लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जनाएको छ ।  योग्य १३ लाख ६ हजार ६७७ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको थियो ।

यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट साथै,  भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपिओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री