बालेनको सचिवालयले भन्यो- सुत्केरीलाई अनावश्यक हप्की-दप्की गरे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले सुत्केरीमाथि प्रहरीले अनावश्यक केरकार गरेको र सामान्य मानवीय संवेदनशीलता पनि नदेखाएको जनाएको छ । मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै लेखेको धम्कीपूर्ण स्टाटसपछि सम्प्रेषण भएका समाचारको ध्यानाकर्षण गर्दै सचिवालयले स्पष्टिकरण दिएको हो ।

शनिबार राती सरकारी नम्बर प्लेटको गाडी सुत्केरी अवस्थामा रहेकी बालेन पत्नी सविना काफ्लेको स्वास्थ्यमा जटिलता देखिएपछि विकल्पका रूपमा प्रयोग गरिएको सचिवालयको स्पष्टिकरण छ । राती ७ बजे महानगरपालिकाको गाडी प्रयोग गरेर उनी अस्पताल गरेकी थिइन् । त्यहाँ स्वास्थ्य परीक्षणका लागि एनआइसीयुमा भर्ना भएका शिशुलाई स्तनपान गराइ फर्किदाँ चेकजाँचका क्रममा उक्त गाडी रोकियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री