दुबई पुगेर राप्रपा अध्यक्ष लिङ्देनले भने- लाखौँ युवा बिदेसिनुमा गलत नीति र नेतृत्व जिम्मेवार

युएई । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने श्रमका लागि लाखौँ युवा बिदेसिनुमा गलत नीति र राजनीतिक नेतृत्व जिम्मेवार रहेको बताएका छन् । राप्रपा निकट प्रवासी नेपाली एकता समाज (पानस)ले युएईको दुबईमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले गलत नेतृत्व र व्यवस्थाको कारणले देश नबनेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै लिङ्देनले गलत व्यवस्था र नेतृत्वका कारणबाट स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेको, भएका उद्योग, कलकारखाना कुनै अलपत्र पारेको र कुनै कौडीको मूल्यमा बिक्री गर्ने नीति लिइएका कारणबाट लाखौँ युवा विदेश आउनु परेको हुँदा विगतको त्रुटि र गलत मार्गचित्र सच्याउनु पर्नेमा जोड दिए । अध्यक्ष लिङ्देनले धर्मनिरपेक्षको आडमा नेपालको सनातन घर्म संस्कृतिमाथि निरन्तर प्रहार गर्ने गतिविधि बढिरहेकोमा चिन्ता व्यक्त गर्दै धर्मनिरपेक्ष खारेज गरी वैदिक सनातन हिन्दुराष्ट्र हुनुपर्छ भन्नेमा जोड दिनुभएको र राप्रपाले निरन्तर आवाज उठाइरहेका बताएका छन् ।

उनले नेपालको हिन्दुराष्ट्रको पहिचान मेटाउने र धर्मनिरपेक्ष बनाउने काम राजनीतिले गरेको बताउँदै राजनीतिले बिगारेको चिज राजनीतिबाट नै सुधार्नुपर्नेमा जोड दिए । लिङ्देनले धर्मको नाममा राजनीति राप्रपाले होइन धर्मनिरपेक्षता बनाउनेहरूले सुरु गरेका दाबी समेत गरेका छन् । आफू लिम्बू, किराँत धर्मावलम्बी भएर पनि हिन्दुराष्ट्र स्थापना गर्न लागेको उल्लेख गर्दै जन्म र कर्मले हिन्दु रहेकाहरूले हिन्दुराष्ट्र पुनः स्थापनाको अभियानमा साथ दिन उनले आग्रह गरे ।

अध्यक्ष लिङ्देनले हालै धरानमा कानुनले निषेध गरेको र नेपाली जनसङ्ख्याको ठूलो हिस्साले गाईलाई आमा मानेर पुज्ने गरेको परम्परा रहेकोमा गोरु काटेर भोज खाने, भिडियो बनाउने र सामाजिक सञ्जालमा प्रचार गर्ने गतिविधिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले कानुन विपरीतका गतिविधि भइरहँदा सरकार मूकदर्शक बन्नु आश्चर्यको विषय भएको उल्लेख गरे । उनले देशमा जुन स्थिति सृजना भएको छ, यसमा धर्म निरपेक्ष बनाउनेहरू जिम्मेवार रहेको बताउँदै नेपाली जनताको तागतबाट एक थोपा रगत नबगाई हिन्दु राष्ट्र स्थापना गर्न सकिने ठोकुवा समेत गरे ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज साउदी अरब र युएईको निमन्त्रणामा साताव्यापी भ्रमणका क्रममा दुबईमा रहेका अध्यक्ष लिङ्देनको प्रमुख आतिथ्यमा प्रवासी नेपाली एकता समाज युएईको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट निराजन खत्रीको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको भ्रमणमा रहनुभएका प्रवास विभाग प्रमुख आनन्द अधिकारीले जानकारी दिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस