माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा

काठमाडौं । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको माटो ब्राण्डको सातौं स्टोर बूढानिलकण्ठमा खुलेको छ।

स्टोरको उद्घाटन बूढानिलकण्ठ महानगरपालिकाका प्रमुख मिठाराम अधिकारीले गरेका छन्। बुधबारदेखि सुरू भएको नयाँ स्टोरसँगै माटोका स्टोरको संख्या सात पुगेको छ। स्टोरको उद्घाटनको अवसरमा ग्राहकलाई विशेष छुट दिइएको छ। स्टोरमा अर्ग्यानिक र विषादीरहित उत्पादन पाइन्छ।

माटो एक स्वदेशी ब्रान्ड हो जुन नेपालीपन र आत्मनिर्भरताको भावनासँग जोडिएको छ। आत्मनिर्भरता र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्य सहित माटो ब्राण्ड २०७५ सालमा खुलेको हो। माटोका अध्यक्ष पवन कुमार गोल्यानले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिन यस क्षेत्रमा लागेको बताए। उनका अनुसार किसानका भोगाइ र संघर्षको जिवन्त अवलोकन पछि किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार स्थापना गर्न माटोको स्थापना गरिएको हो।

मानव जीवनलाई स्वास्थ्य र तन्दुरुस्त बनाउने क्षमताको अभिवृद्धि माटोको मान्यताको केन्द्रबिन्दु हो। माटोको आरम्भिक लाङ्ग्टाङ्गको मुसुरो दाल, गोसाइकुण्डको स्प्रिंग वाटर, चितवनको मह, इलामको शुद्ध गाईको घ्यू र अन्य धेरै यस्ता स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन माटोले प्रोत्साहन गरिरहेको छ।

माटो ब्रान्डको अर्को उद्देश्य आयातित कृषिजन्य उपजहरूको मात्रा घटाउनु हो। माटोका स्टोरहरूमा आशापुरी अर्ग्यानिकका उत्पादनहरू पनि खरिद गर्न सकिनेछ। आशापुरी विगत दुई दशकदेखि प्रांगारिक उत्पादनमा छुट्टै पहिचान बनाएको ब्राण्ड हो। माटो स्टोरबाट हाल १२० भन्दा बढी नेपाली कृषि उत्पादन उपलब्ध छन्।

हाल बूढानीलकण्ठसँगै बानेश्वर, नक्साल, नारायणथान, गोल्फुटार तथा ललितपुरको झम्सिखेल र सानेपामा माटोका स्टोरहरू सञ्चालन भइरहेका छन्। माटोले अनलाइन अर्डर अनुसार होम डेलिभरी सेवा पनि दिइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाइरहेको सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ । पछिल्लो …

प्रतिकृया दिनुहॊस