काठमाडाैं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले संविधान मिचेर विश्वासको मत लिदएको भन्दै नेकपा एमालेका नेताहरु सर्वोच्च अदालत पुगेका छन् । एमाले कोशी संसदीय दलका नेता हिक्मतकुमार कार्की सर्वोच्च अदालत पुगेका हुन् ।
मुख्यमन्त्री उद्धब थापाले प्रदेश सभाको सभाध्यक्ष गरिरहेको इस्राइल मन्सुरी समेतको मत लिएर सोमबार विश्वासको मतको प्रस्तावमा बहुमत पाएका थिए ।
तर, सभाध्यक्षले विश्वासको मत दिन नपाउने भन्दै एमाले सांसदहरुले नाराबाजी गरेका थिए । नाराबाजीकै बीच सभाध्यक्ष मन्सुरीले विश्वासको मत दिएका थिए । त्यपति उनले विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।
तपाईंको प्रतिकृया




