काठमाडौं । सुन तस्करी छानबिनका लागि सरकारले आगामी असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने भएको छ । बुधबार प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा राखेको सर्वदलीय बैठकमा राष्ट्रिय मान्यता प्राप्त सातै दलका प्रमुख सचेतकले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमतिपत्रअनुसार असोज ५ गते जाँचबुझ आयोग गठन गर्ने र त्यही दिनदेखि यसले काम थाल्ने उल्लेख गरिएको छ । सो आयोगले हङकङ हुँदै नेपाल भित्रिएको ६० किलो सुन, भेपमा राखेर ल्याइएको ९ किलो सुन तस्करीबारे अनुसन्धान गर्नेछ ।
प्रतिकृया दिनुहॊस