प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।

दलहरुबीच सहमति जुटेर आजै ३ बजे संसद्‌ बैठक बस्ने तयारी रहे पनि अन्तिम समयमा बुधबार ३ बजेसम्मका लागि बैठक स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको मागप्रति सरकार सहमत भएपछि गत साउन १० गतेदेखिको संसद्‌को अवरोध खुल्ने तयारी थियो । तर दलहरुबीच छलफल जारी रहेकाले संसद् बैठक भोलिसम्म सरेको हो । एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग गर्दै आएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री