निःसन्तान हुनु कुनै अपराध वा हीनताबोधको विषय होइन : वात्सल्य

काठमाडाैँ । निःसन्तान हुने समस्या आज धेरैले भोग्दै आएको तर कम चर्चा गर्ने विषय बनेको छ । विश्वव्यापी रुपमा करिब हरेक ८ मध्ये १ दम्पतीले सन्तान प्राप्तिमा समस्या भोगेका छन् ।

प्रजनन अंगसम्बन्धी समस्यामा बदलिएको जीवनशैली र उमेर धेरै भएपछि सन्तान पाउने चाहना राख्नुले झन् समस्या थपेको छ। अरु रोग जस्तै यसमा खासै कुनै लक्षण नभएको कारण पनि यसमा हाम्रो ध्यान जाँदैन।

सन्तान प्राप्तिको प्रयास गर्दा ३५ वर्ष मुनिका महिलाले एक वर्षसम्म र सोभन्दा माथिका महिलाले ६ महिनासम्म प्रयास गर्दा पनि गर्भधारण गर्न सकेनन् भने चिकित्सकको परामर्श लिनु पर्छ।

बाँझोपन सम्बन्धी समस्याबारे हिनताबोध महसुस गर्नु हुँदैन। सन्तान प्राप्ति मात्र शरीरको पूर्णता र जीवनको सार्थकता होइन। यो केवल एक शारीरिक अवस्था हो र सन्तान प्राप्तिमा कठिनाई हुँदैमा यसले अरूभन्दा कम बनाउँदैन।

बरु सन्तान नभएमा यसबारे खुलेर बोल्नु आवश्यक छ। उचित परामर्श नपाउँदा जीवनबाट हताश खान सक्ने अवस्था पनि आउँछ। केही समयमा पाउने सफलताका लागि गलत ठाउँमा भौतारिएर वर्षौंसम्म पीडा भोग्नुपर्ने हुन सक्छ। त्यसैले यसबारे खोजी गर्नु आवश्यक हुन्छ।

आफूजस्तै समस्या भएको सँग जोडिने प्रयत्न गर्नुपर्छ। चिकित्सकसँग परामर्श लिनुपर्छ। यी सबै गरेपछि आफ्नो अवस्था बारे राम्ररी बुझ्न सकिन्छ। सन्तान प्राप्तिको विभिन्न सहयोगी विधि (हर्मोनल ट्रिटमेन्ट, ओभुलेशन इन्डक्सन, ट्युबल सर्जरी, आइयुआइ, आइभिएफ, आइसिइसआइ) अपनाउँदा सफलता पनि प्राप्त गर्न सकिन्छ।

निःसन्तान दम्पतीको उपचारमा केन्द्रीत वात्सल्यले नेपालमै उच्च आइभिएफ सफलता दर हासिल गर्दै आएको छ । वात्सल्यमा सफलता प्राप्त गरेका कैयौं दम्पतीहरू सन्तान प्राप्तिपछि पनि कृतज्ञ भएर भेट्न आउछन् र खुशी साट्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वकै प्रदूषित शहरमा काठमाडौंको ह्याट्रिक

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार …

प्रतिकृया दिनुहॊस