काठमाडौं । डडेल्धुरामा सर्पले डसेर एक किशोरको ज्यान गएको छ । परशुराम नगरपालिका–११ डौणीका १६ वर्षीय कृष्ण धामीको सर्पदंशबाट मृत्यु भएको हो ।
आइतबार बिहान करिब २ बजे सर्पले डसेपछि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो । सडक सुविधाबाट टाढा रहेको गाउँबाट उनलाई स्टेचरमै बोकेर अस्पताल लैजाँदै गर्दै बाटोमै मृत्यु भएको स्थानीय गणेश बोहराले बताए ।
धामी आलिताल गाउँपालिका–६ दोबाटामा रहेको सिद्धभगवती माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिए ।
तपाईंको प्रतिकृया




