अपर तामाकोशीले १८ भदौदेखि हकप्रद जारी गर्ने, कसरी दिने आवेदन ?

काठमाडाैँ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले भदौ १८ गतेदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीले १: १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो।

जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १० अर्ब ५९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्नेछ। उक्त हकप्रद सेयरको लागि यसले साउन २६ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, साउन २५ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रदको दाबी गर्न पाउनेछन्।

यता, असोज ७ गते यस कम्पनीको हकप्रद निष्कासन बन्द हुने सूचनामा उल्लेख छ। तसर्थ, लगानीकर्ताले सो मिति भित्र आवेदन दिनुपर्नेछ।

यसको हकप्रद सेयरमा नागरिक लगानी कोष र सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ। हकप्रदमा सनराइज क्यापिटल, नागरिक लगानी कोष कार्यालयबाट आवेदन दिन सकिन्छ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ। साथै, लगानीकर्ताहरुले यी स्थानबाट पनि आवेदन दिन सक्नेछन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ललितपुरमा पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो सम्पन्न

काठमाडौं । पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्स्पो-२०२४ पाटन दरबार परिसरमा भव्य समारोहबीच सम्पन्न भएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds