शिवम् सिमेन्टको खुद नाफा ५६.२१ प्रतिशतले घट्यो

काठमाडाैँ । शिवम् सिमेन्टको खुद नाफामा उल्लेख्य मात्रामा गिरावट आएको छ ।

गत आर्थिक वर्ष २०७९ र ८० को अन्त्यसम्ममा शिवमले ३० करोड २४ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुलनामा ५६.२१५ थोरै हो । अघिल्लो आर्थिक वर्षमा यसले ६९ करोड ७ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्म सञ्चालन आम्दानी १६.२८५ ले घटेर ७ अर्ब ७५ करोड रुपैयाँमा आए पछि खुद नाफामा असर परेको हो । अघिल्लो वर्ष उक्त आम्दानी ९ अर्ब २६ करोड रुपैयाँ रहेको थियो । यसका साथै कम्पनीको वित्तीय लगात पनि अघिल्लो वर्षको ६ करोड ५३ लाख रुपैयाँबाट बढेर गत असार मसान्तसम्ममा ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ ।

तेस्रो त्रैमासभर महंगो बैंक ब्याजदर, तरलता संकुचन, विश्व बजारमा इन्धनको अत्याधिक मूल्य वृद्धिको प्रभाव र नेपाल विद्युत प्राधिकरणको अघोषित लोडसेडिङका कारण कम्पनीको समग्र उत्पादन लागत वृद्धि भएको शिवमको व्यवस्थापन पक्षले विश्लेषण गरेको छ ।

यसका साथै, विकास निर्माणमा आएको सिथिलता, नेपाल मागको तुलनामा सिमेन्टको उत्पादन अत्याधिक रहेका कारण बिक्री मूल्यमा आएको ह्रासलगायत कारणले कम्पनीको नाफा प्रभावित भएको रिपोर्टमा उल्लेख छ ।

हाल शिवमको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ८७ पैसा (वार्षिक) रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आइटेल ब्राण्डको पी५५ स्मार्टफोन बजारमा, १२ महिनाको वारेन्टी

काठमाडौँ । मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ …

प्रतिकृया दिनुहॊस