सोमबार कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ ।

योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ स्थिर रहेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

साेमबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ । आइतबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री