सामान्य प्रशासनमन्त्री मोदीलाई माओवादीले फिर्ता बोलायो

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाला मोदीलाई मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन पार्टीबाट मन्त्री बनेका मोदीलाई फिर्ता बोलाएका हुन् । यसअघि जनमतले अनिता देवी साहलाई मन्त्री बनाउन प्रचण्डलाई सिफारिस गरिसकेको छ । सोही विषयमा छलफल गर्न प्रचण्डले आइतबार बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds