महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकहरुले पर्साको विरगन्जमा रहेको मंगलम डाइग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १०%, छुट दिने सम्झौता भएको छ ।

यसैगरी बाराको सिमरामा अवस्थित होटल क्विक–२० एण्ड रिभर साइडका सेवाहरुमा अधिकतम १०%, मकवानपुरको हेटौँडामा अवस्थित रेगाल हेटौँडा रिसोर्टका सेवाहरुमा अधिकतम १५%, कैलालीको धनगढीमा अवस्थित निसर्ग हस्पिटलका सेवाहरुमा अधिकतम २०%, हेटौँकै विशुद्ध मोमोचाका सेवाहरुमा १०% र चितवनको भरतपुरमा अवस्थित कविलाु रिसोर्ट एण्ड फनपार्कका सेवाहरुमा १०% को छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस