काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० मा ६७ करोड ४४ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्ष ३५ करोड २७ लाख ३८ हजार रुपैयाँ नोक्सानमा गएको कम्पनीले यो वर्ष आकर्षक नाफा कमाएको हो ।
यसअवधि कम्पनीले ४.६९ ले बीमा शुल्क वृद्धि गरेर ३६ अर्ब ६२ करोड ८० लाख ६२ हजार रुपैयाँ सङ्कलन गरेको छ । यस्तै, समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १९.७६ प्रतिशतले बढेर १ खर्ब ६३ अर्ब ८२ करोड ६३ लाख १३ हजार रुपैयाँ पुगेको छ ।
यस अवधिमा पुनरबिमा कमिसन र लगानी तथा अन्य स्रोतबाट हुने आम्दानी पनि बढेको छ । यसले पनि खुद नाफा बढ्न सहयोग गरेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ २२ पैसा छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३० पैसा ऋणात्मक थियो ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८४ पैसा रहेको छ भने जगेडा कोष १२५.३१ प्रतिशतले बढेर ६४ करोड ९७ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
प्रतिकृया दिनुहॊस