काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।
शुक्रबार प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य पनि सोही कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य पनि गत शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




