काठमाडौं । लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जेरो एमिसन राइड एनले ग्राहकलक्षित आकर्षक योजना संचालनमा ल्याएको छ ।
‘देशको उर्जा देशमै खपत’ नामक योजनाअन्तर्गत लुयान ब्रान्डको जुनसुकै इलेक्ट्रिक स्कुटर खरिद गर्दा ग्राहकले एकथान इन्डक्सन चुल्हो र कुकर सित्तैमा पाउनेछन् । यो योजनाले स्वदेशमा उत्पादन हुने विद्युतको खपत बढाउन मद्धत पुग्ने विश्वास कम्पनीले लिएको छ ।
यो योजना निश्चित अवधीका लागि लुयान स्कुटरको देशभर संचालनमा रहेका सोरुममा लागू हुने जनाइएको छ । हाल जेरो एमिसनले एमएनके थ्री र एस३० मोडलका स्कुटर नेपाली बजारमा बिक्रीबितरण गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




