काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा जनताका समस्या उठाउन नपाएको बताएका छन् ।
प्रतिनिधिसभाको आकस्मिक समयमा महामन्त्री शर्माले सुन तस्कर भएको विषय गम्भीर भएको बताउँदै सरकारको एउटा हातले कमजोरी गर्दा अर्को हातले समाएको पनि बिर्सनु नहुने बताए । उनले सरकारकै संस्थाहरूप्रति अविश्वास गरिएको बताउँदै सिआईबिलाई अविश्वास गर्न नहुने बताए ।
सांसद शर्माले हरेक समस्याको समाधान संसद् अवरुद्ध गरेर हुन्छ ? भन्ने प्रश्न गर्दै प्रतिपक्षी दलहरूलाई संसद् अवरुद्ध नगर्न आग्रह गरे । उनले राज्यका निकायहरूले अनुसन्धान गरिरहेको बेला सबैले धैर्य गर्नुपर्ने बताए । सरकारले फाइल खोल्दै गर्दा उही समयमा विरोध हुन थालेको भन्दै सुन प्रकरणमा राज्यका निकायले गरिरहेको अनुसन्धानलाई सहयोग गर्न आग्रह गरेका छन् ।
तपाईंको प्रतिकृया




