नेशनल लाईफको बीमा सचेतना साईकल र्‍याली

काठमाडाैं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा बिमा सचेतना प्रवर्द्धन प्रयोजनका लागि साइकल र्‍यालीको आयोजना गरेको छ।

बिमा सचेतनाका लागि आयोजना गरिएको साइकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीसहित नेपाल बिमा प्राधिकरण, गण्डकी प्रदेशका प्रदेश प्रमुख केशवप्रसाद दाहाल, प्राधिकरणका अन्य कर्मचारीलगायत कम्पनीका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीलगायत करिब सयजनाको सहभागिता थियो।

पोखराको बाराहीघाटबाट सुरु भएको र्‍यालीले हल्लन चोक, जिरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पूरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो। उक्त साइकल र्‍यालीबाट बिमा सचेतना प्रवर्द्धन हुने कम्पनीले अपेक्षा लिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री