काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन सकिएको झण्डै ९ महिनापछि दलहरूले संसदीय समितिको सभापति चयनमा भागबन्डा मिलाएका छन् । सोमबार बसेको संसदीय दलको बैठकमा समितिमा भागबन्डा मिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिएका हुन् ।
उनका अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले ४, एमालेले ३, माओवादी केन्द्रले २ र जनता समाजवादी पार्टीले १ वटा समितिको सभापति पाउने गरी भागबन्डा मिलेको हो । संसद्को चौथो ठूलो दल रास्वपा र अर्को ठूलो दल राप्रपाले भने समितिको सभापतिमा भाग नपाउने भएका छन् ।
प्रतिकृया दिनुहॊस