संसदका दुवै सदनको बैठक आज

काठमाडौं – सुन तस्करी प्रकरणमा सत्ता र प्रतिपक्षको अडानले पटक-पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ।

दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने सम्भावित कार्यासूची रहेको छ। यस्तै बैठकमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २४८ को उपनियम (३) को प्रयोजनको लागि प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यविधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेस गर्ने कार्यसूची पनि रहेको छ।

यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक कुमार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

राष्ट्रियसभा पनि आजै ​
राष्ट्रियसभा बैठक पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक दिउँसो १ बजेर एक मिनेटमा बोलाइएको छ।

आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ।

विधायन ब्यवस्थापन समितिको सभापति जयन्ती देवी राईले संविधान अनुसार ‘बाँकी कानुनहरुको अध्ययन प्रतिवेदन २०८०’ पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा पनि एमालेले अवरोध गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री